Intra ले तपाईंलाई समाचार साइट, सामाजिक सञ्जाल प्लेटफर्म र म्यासेजिङ एपहरूको एक्सेस रोक्न प्रयोग गरिने साइबर आक्रमण अर्थात् DNS हेरफेरबाट जोगाउँछ।
01
अझ खुला इन्टरनेट एक्सेस
Intra ले तपाईंलाई DNS हेरफेर (अर्थात् अनलाइन सेन्सरसिपको सबैभन्दा सामान्य रूपहरूमध्येको एक) का कारणले अवरुद्ध भएका वेबसाइट र एपहरू चलाउने अनुमति दिन्छ।
02
डिजिटल आक्रमणबाट सुरक्षा
Intra ले तपाईंलाई फिसिङ र मालवेयरबाट जोगाउन मद्दत गर्छ। यी आक्रमणहरू युजरनेम र पासवर्डहरू जस्ता व्यक्तिगत जानकारी चोरी गर्न वा तपाईंलाई नक्कली वेबसाइटहरूमा रिडिरेक्ट गरेर तपाईंको डिभाइसमा सफ्टवेयर इन्स्टल गर्न प्रयोग गरिन्छ।
03
एक क्लिकमै असीमित सुरक्षा
Intra प्रयोग गर्न अत्यन्तै सजिलो छ — यसलाई अन अवस्थामा छोडिदिए पुग्छ। Intra ले तपाईंको इन्टरनेट कनेक्सन ढिलो बनाउँदैन र डेटा प्रयोगमा कुनै सीमा हुँदैन।
04
तपाईंले विश्वास गर्न सक्ने प्रविधि
Intra ले तपाईंको जानकारी गोप्य राख्छ। हामी तपाईंले प्रयोग गर्ने एप वा वेबसाइटहरू ट्र्याक गर्दैनौँ।
Intra ले तपाईंलाई तपाईंको DNS सर्भर प्रदायक कस्टमाइज गर्न दिन्छ। तपाईं आफ्नै सर्भर प्रयोग गर्न वा Cloudflare वा Google जस्ता लोकप्रिय प्रदायकमध्येबाट कुनै प्रदायक छनौट गर्न सक्नुहुन्छ।
यसले काम गर्ने तरिका
Intra ले तपाईंको इन्टरनेट कनेक्सनलाई सार्वजनिक डोमेन नेम सिस्टम (DNS) सर्भरमा इन्क्रिप्ट गर्छ। DNS सर्भरहरूले कन्ट्याक्ट लिस्टले जस्तै गरी काम गर्छन् — तपाईंले इन्टरनेट प्रयोग गर्दा तपाईंको DNS सर्भरले तपाईंलाई कुनै वेबसाइटमा जान वा एप खोल्न सटीक ठेगानाहरू प्रदान गर्छ।
तर DNS सर्भरहरू परिवर्तन गरी एक्सेस रोक्ने वा नक्कली वेबसाइटहरूमा रिडिरेक्ट गर्ने बनाउन सकिन्छ। तपाईं सुरक्षित रूपमा इन्टरनेट प्रयोग गर्न सक्नुहोस् भन्नाका लागि Intra ले तपाईंको Android डिभाइसमा DNS सर्भरहरूसँगको कनेक्सन इन्क्रिप्ट गरेर परिणामहरू हेरफेर गर्न नसकिने बनाउने कुरा सुनिश्चित गर्न मद्दत गर्छ।